पारोलाई हराउँदै मछिन्द्र दोस्रो चरणमा

काठमाडौँ, २३ साउन । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीलाई हराउँदै नेपालको मछिन्द्र फुटबल क्लबले दोस्रो चरणमा स्थान पक्का गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले पाहुना टिम पारोको चुनौती ३–२ पन्छाउँदै छनोटको दोस्रो चरणमा स्थान बनाएको हो । मछिन्द्रले अब छनोटको दोस्रो चरणमा भारतको क्लब मोहन बगानविरुद्ध खेल्ने छ । मोहन बगानविरुद्ध जित निकाले मछिन्द्रले छनोटको प्लेअफमा ताजिकिस्तानको फुटबल क्लब खुजान्डविरुद्ध खेल्ने छ ।

मंगलबार मछिन्द्रको जितमा विमल घर्तिमगर, आयुश घलान र अफिज ओलावालले गोल गरे । पारोका काजुओ होम्मा र इभान्स असान्टले गोल फर्काए । खेलमा सुरुआती अग्रता भने पारोले बनाएको थियो । खेलको सातौं मिनेटमा काजुओ होम्माले गरेको गोलबाट पारोले अग्रता बनाएको थियो । 

तर, पारोको गोलपछि बारम्बार आक्रमण बुनेको मछिन्द्रले गोल बेहोरेको पाँच मिनेटपछि नै बराबरी गोल फर्काएको थियो । मछिन्द्रका लागि १२औँ मिनेटमा विमलले बराबरी गोल फर्काएका थिए । आयुश घलानले गरेको क्रसमा विमलले हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए । त्यसको तीन मिनेटपछि नै आयुश आफैले मछिन्द्रका लागि दोस्रो गोल गरेका थिए । १८ यार्ड बक्सभित्रबाट विमलले निकालेको छोटो पासलाई अनमार्क्ड रहेका आयुशले सदुपयोग गर्दै गोल गरेका थिए ।

यस्तै, ४०औँ मिनेटमा अफिज ओलावालले मछिन्द्रको अग्रतालाई ३–१ मा पुर्‍याए । राइड साइडबाट करिम ओमालाजाले गरेको क्रसमा ओलावालले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा बलमाथि नियन्त्रण राख्दै आक्रामण बुनेको मछिन्द्रले दोस्रो हाफमा भने पाहुना टिम पारोबाट केही दबाब खेप्यो ।पारोका लागि इभान्स असान्टेले ७१औं मिनेटमा गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए पनि टिमको हार भने टार्न सकेनन् ।

खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पारोका इभान्सले गरेको क्रसमा काजुओ होम्माको प्रहार गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि मछिन्द्रले पारोको खेलमा फर्किने मौका टारेको थियो । इन्जुरी समयमा विमल घर्तिमगरले खाली पोस्टमा गोल गर्न नसक्दा मछिन्द्रले अग्रता फराकिलो बनाउने सुनौलो अवसर गुमायो । आशिष चौधरीले मध्यभागबाट एक्लै अघि बढाएको बल भुटानी एक रक्षक र गोलकिपरलाई बिट गर्दै विमललाई निकालेका थिए । तर, विमलले त्यसको सदुपयोग गर्न नसक्दा मछिन्द्रले सुनौलो अवसर खेर फालेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको