मास्टर्स डिग्री पढेकालाई मात्रै रास्वपाले केन्द्रीय विभागमा राख्ने

काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ ।

बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण तथा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।

त्यस्तै प्रदेशको विभागको प्रमुख हुन पनि सोही योग्यता तोकेको छ । पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने योग्यता निर्धारण गरेको हुनुपर्ने मापदण्ड तय भएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ