बन्द प्रशिक्षणका लागि २४ सदस्यीय महिला टोलीको घोषणा

काठमाडौँ, १६ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको एशियाली क्षेत्रको छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको छ । क्यानले मंगलबार बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको हो । 

बन्द प्रशिक्षणका लागि घोषित टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, ईन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का र ईश्वरी बिष्ट रहेका छन् । यसैगरी ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महराले पनि बन्द प्रशिक्षणका लागि घोषित टोलीमा स्थान पाएका छन् ।

टी-ट्वान्टी विश्वकपको एशियाली छनोट प्रतियोगिता आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ । एशियाली क्षेत्रको छनोट प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने छ । नेपाल समूह ‘ए’ मा परेको छ । 

नेपालको समूहमा बहराइन भुटान, आयोजक मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । यसैगरी छनोट प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको