समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

काठमाडौँ, १४ साउन । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा गरिने भएको छ ।

ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज विद्यार्थी मोर्चाको घोषणा गरिने कार्यक्रम तय भएको बताइएको छ । घोषणासभामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

चारदलीय समाजवादी मोर्चाको विद्यार्थी संगठन घोषणा गर्न लागिएको हो । मोर्चाको कार्यविधिलाई अन्तिम रूप दिने तयारी समेत गरिएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । आज सुनको घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा