जापानमा गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १० साउन । दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्ण पदकधारी पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा जारी ‘२०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।  गौरिकाले आफ्नै नाममा रहेको पुरानो समयमा सुधार ल्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हाल फुकुओकामा रहेका नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार, गौरिकाले बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।  गौरिकाले सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा आयोजना भएको १२ औं सागमा आफैले राखेको ३१.८७ सेकेन्डको समयमा सुधार ल्याएकी हुन् । फुकुओकामा बुधबार उनले निर्धारित दूरी ३१.४४ सेकेन्डमा पार गरिन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको