साफ यू–१६ र यू–१९ को ड्र सार्वजनिक

काठमाडौँ, ६ साउन । सन् २०२३ को साफ यू–१६ च्याम्पिनसिप र साफ यू–१९ को ड्र सार्वजनिक भएको छ । शनिबार बंगलादेशको ढाकास्थित बीएफएफ हाउसमा प्रतियोगिताको ड्र सम्पन्न भएको हो ।

साफ यू–१६ मा नेपाल समूह ए मा भारत र बंगलादेशसँगै रहेको छ । समूह बीमा भुटान, माल्दिभ्स र पाकिस्तान छन् । प्रतियोगिता भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म आयोजना हुनेछ ।

साफ यू–१९ मा पनि नेपाल समूह ए मा नै रहेको छ । यो समूहमा माल्दिभ्स र पाकिस्तान छन् । समूह बी मा भारत, भुटान र बंगलादेश छ । यो प्रतियोगिता काठमाडौँमा सेप्टेम्बर २१ देखि ३० सम्म आयोजना हुनेछ ।

सन् २०२२ मा आयोजना भएका यू–२० र यू–१७ प्रतियोगितामा भारत विजयी भएको थियो । यू–२० प्रतियोगितामा भारतले बंगलादेशलाई हराएको थियो भने यू–१७ प्रतियोगितामा नेपाललाई हराउँदै भारतले नै उपाधि चुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको