नेपालले यूएईलाई तीन विकेटले हरायो

काठमाडौँ, ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ । 

यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रमक पारी सहित अलराउन्ड प्रदर्शन गरेका हुन् ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको इतिहासमा नेपालले हासिल गरेको यो केवल तेस्रो जित हो । यसअघि एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दुई पटक हङ्कङलाई हराएको थियो । एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना भइरहेको छ । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेका छन् । समूह ‘बी’ मा नेपाल तेस्रो र यूएई चौथो भए । उक्त समूहबाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । अहिले समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन भारत र पाकिस्तानबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको