नयाँ दिल्ली, ३० असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औँ एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । टिमको कप्तान ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।
अक्टोबर ५ बाट सुरु हुने एकदिवसीय विश्वकपका कारण यस प्रतियोगिताका लागि युवा खेलाडी छनोट गरिएको हो । यो टोलीमा गायकवाड बाहेक तिलक वर्मा र रिंकु सिंह पनि छन् ।
भारतीय टोली : ऋतुराज गायकवाड, यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकीपर) । स्ट्यान्डबाइ खेलाडीहरू – यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा, साई सुदर्शन छन् ।





