हिमालय एअरलाइन्सद्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात

काठमाडौँ, २८ असार । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ्ग इन्जिन सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.com  मा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने एअरलाइन्सले विश्वास लिएको छ । 

यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र  भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आईपीएस निकट भविष्यमा उपलब्ध हुने छन् । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ्ग व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने एअरलाइन्सले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट सहितका क्षेत्रमा भएको क्षति

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार