‘युवा भनेको खेलकुद, खेलकुद भनेको नै युवा’: पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २३ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले युवा भनेको खेलकुद र खेलकुद भनेको युवा भन्ने मान्यतालाई राष्ट्रिय युवा संघ नेपालले स्थापित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

संघले आज आयोजना काठमाडौँमा गरेको भ्याली च्यापियनसिप फुटसलको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले एमाले खेलकुद तथा रचनात्मक कार्यको माध्यमबाट युवाहरुलाई राष्ट्रनिर्माणमा जोड्ने अभियान चलाएको उल्लेख गर्नुभयो । संघले आयोजना गरेको फुटसल प्रतियोगितामा सहभागिता जनाउने खेलाडी नै भोलीको राष्ट्रिय खेलाडी बन्नेमा विश्वास व्यक्त गर्दै संघको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन सफल भएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘युवा भनेको खेलकुद, खेलकुद भनेको युवा भन्ने मान्यता संघले स्थापित गर्नेमा विश्वास लिएको छु । आज युवाहरु सामान्य फुटसलमात्र खेलिरहेका छैनन् । फुटसलको माध्यमबाट युवाहरु कला, क्षमता विकास गरिरहेका छन् । त्यसैले आज कपनमा खेलीरहेका युवाहरु भोलीका राष्ट्रिय स्तरका खेलाडीहरु हुन् । भोलीको नेपालको सान, मान र गौरवको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय मञ्चहरुमा फहराउने व्यक्तिहरु हुन् । अमेरिकालाई क्रिकेटमा हराउन सफल भएको छ । नेपालका विर खेडालीहरुले एकमात्र रुपमा नेपालले अमेरिकालाई क्रिकेटमा हराउन सफल भएका छन् । कतारमा नेपालीहरुको पहिचान भनेको श्रमिकहरुको मुलुक भन्ने भएता पनि अहिले क्रिकेटमा कतारलाई नेपालले हराउन सफल भएकाले त्यहाँका विशिष्ठ व्यक्तिहरुले नेपाली कामदारलाई भोज खुवाउने अवस्था बनेको छ । तिम्रो देशले हामीलाई हराउने हैसियत बनेको छ । त्यसैले खेलकुदको माध्यमबाट नेपालको मान, सान र गौरव बढाउन युवा साथीहरु लाग्नुभएको छ ।’

केपी ओलीको नेतृत्वको सरकारको पालामा देशव्यापी रुपमा खेलमैदान बनाउने अभियान चलाएको उल्लेख गर्दै उहाँले उक्त क्रममा जसमा तीनवटै तहका सरकारको सहभागिता रहेको स्पष्ट पार्नुभयो । अहिले खेलकुद क्षेत्रको पूर्वाधारमा देशले ठूलो फड्को मारेको उल्लेख गर्दै उहाँले पूर्वाधारको विकाससँगै नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने एमालेको भिजन रहेको बताउनुभयो । खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको विकास हुने बताउँदै उहाँले खेलकुद नेपालको समृद्धिको एउटा आधार बनाउन सकिने र संसारभरी नेपाललाई चिनाउने माध्यम बनाउन सकिन्छ भन्ने कुरा विश्वस्त रहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, एमाले सरकारमा भएको समयमा भ्रष्टाचार अन्त्य गर्ने, सुशासन दिने, विकास र समृद्धि दिने अलवा खेलकुदको माध्यमबाट समाज परिवर्तन गर्दै नेपालको सान अन्तर्राष्ट्रिय स्तरमा फिँजाउने हाम्रो प्रमुख उद्देश्य रहेको छ । खेलमैदानको साथमा खेलाडी उत्पादन गर्ने, फुटसल तथा खेलपूर्वाधार व्यापक रुपमा विस्तार गर्ने कुराको सुभारम्भ एमालेले गरेको गरेको छ । तर पछिल्लो समय गठबन्धनको वर्तमान सरकारले एमालेको नेतृत्वमा जस्तो खेलकुद क्षेत्रमा उल्लेख्य काम गर्न सकेको छैन । नयाँ पुस्तामा एक खालको निरासा, आक्रोस, भ्रम रहेको छ । जसलाई राष्ट्रिय युवा संघले युवाहरुको आक्रोस, निरासा र भ्रमलाई नयाँ पुस्तालाई मुलुकको निमित्त दक्ष जनशक्तिको रुपमा विकास गर्दै सुशासन, सभ्यता दिँदै सहि मुल्य, मान्यता, नैतिकता, असल संस्कार सिकाउँदै अगाडी बढाइरहेको छ । जसमा खेलकुद सशक्त माध्यम हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि