सुध्रियो एसईई नतिजा

काठमाडौँ, २२ असार । गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ ।

अघिल्लो वर्ष २०७८ सालको तुलनामा २०७९ को परीक्षामा तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ हुन नसक्दा र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाउँदा नतिजा कमजोर रहेको विश्लेषण गरिएको थियो । तर, अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

गत १७ चैतदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । बिहीबार प्रकाशित नतिजा अनुसार, २०७९ सालमा लिइएको परीक्षामा जीपीए ३ दशमलव ६० देखि ४ प्राप्त गर्ने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो भनेको ४ दशमलव ६३ प्रतिशत हो । गत वर्ष १ दशमलव ९४ प्रतिशतले मात्र ‘ए’ प्लस ल्याएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।