नेपालले जित्यो एसीसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि 

काठमाडौँ, १९ असार । घरेलु टिम मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । 

मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४.५ ओभरमा ३१ रनमै समेटियो ।

मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका सन्तोषले दुई मेडन राख्दै नौ रन खर्चिए । सागर गैरे र अशोक धामीले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले नरेनको शतकमा निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रन बनाएको थियो । नरेनले ८९ बलमा १० चौका र दुई छक्कासहित अविजित ११२ रनको योगदान गरे । निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यकुमार कोइरालाले १८ र अशोक धामीले ११ रन जोडे । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।

नेपाल ११२–४ को अवस्थामा हुँदा सन्तोष र नारेनले १०४ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ डोहोर्‍याएका थिए । मलेसियाका मुहम्मद अक्रमले तीन विकेट लिए । हाजिक हाइकल, अरियन अकिल र मुहम्मद फतहुल मुइनले समान एक विकेट लिए ।

नेपालले सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो । त्यसअघि, समूह ‘ए’को विजेता बन्दै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि