सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, १८ असार । नेपाल एसीसी यू–१६ इस्ट जाेन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे । 

नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे । सिङ्गापुरका राेशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । बलिङतर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्ताेष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले १/१ विकेट लिए ।

नेपालले अब भाेलि मङ्गलबार उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रवेश गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा