ट्वीटरमा फेरी नयाँ नियम

काठमाडौँ, १७ असार । सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् ।

मस्कका अनुसार अब भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार वटा ट्वीट पढन पाइनेछ । यस्तै भेरिफाइड नभएका अकाउन्टबाट दिनमा एक हजार र नयाँ ट्वीटर अकाउन्टबाट दैनिक पाँच सयका दरले ट्वीट पढ्न पाइनेछ । मस्कले ट्वीट पढ्न पाउने संख्यालाई पटक पटक संशोधन गरेको छ । शुरुमा शनिवार दिउँसो उनले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइने बताएका थिए ।

त्यस्तै, अनभेरिफाइड अकाउन्टबाट प्रतिदिन ६ सय र नयाँ खाताबाट ३ सय वटा मात्रै ट्विट पढ्न पाइने उनको भनाइ थियो । तर केहीबेरमा अर्को ट्वीट गर्दै उनले भेरिफाइड अकाउन्टबाट ८ हजार, अनभेरिफाइड अकाउन्टबाट ८ सय र नयाँ प्रयोगकर्ताले ४ सय वटा मात्रै ट्वीट पढ्न पाउने उल्लेख गरे ।

अन्तमा मस्कले भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार, भेरिफाइड नभएका अकाउन्टबाट एक हजार र नयाँ ट्वीटर खाताबाट दैनिक पाँच सयका दरले ट्वीट गर्न पाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर