काठमाडौँ महानगविरुद्ध प्याब्सन: दियो यस्तो चेतावनी

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

सरकारले कुनै पनि सुविधा नदिएको अवस्थामा एकाएक निजी विद्यालयले सरकारीसरह तलब दिनुपर्ने भन्दै सार्वजनिक गरेको अपिलले निजी विद्यालय समस्यामा परेको प्याब्सनको महानगर कमिटीले यस्तो चेतावनी दिएको हो ।

मेयर साहले हिजो बिहीबार सामाजिक सञ्जालमार्फत सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोधसमेत गर्नुभएको थियो । मेयर साहको भनाइ आएका २४ घण्टा नबित्दै प्यब्सन महानगर कमिटीका पदाधिकारीले कामपा शिक्षा विभागका कर्मचारीहरूलाई भेटी कामपाले निर्देशन दिएअनुसारको तलब दिन नसकिने बताएको थियो ।

प्याब्सन महानगर किमिटीका अध्यक्ष ज्ञानबहादुर महर्जनले भन्नुभयो–‘बरु विद्यालय बन्द गर्नेर्छौ कामपाले जारी गरेको निर्देशन पालन गर्न सक्दैनौं ।’ कामपाको शिक्षा समितिको निजी विद्यालयको तर्फबाट प्रतिनिधिसमेत रहेका महर्जनले अति विशिष्ट, विशिष्ट र ‘क’ वर्गका विद्यालयले सरकारले तोकेभन्दा पनि बढी तलब दिए पनि अन्य विद्यालयले दिन नसक्ने बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।