शिक्षकको तलबमा १ खर्ब ७ अर्ब

काठमाडौँ, १० असार । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड १९ लाखमध्ये झन्डै ८० प्रतिशत रकम शिक्षक तलबमा खर्च हुन्छ ।

शिक्षक कर्मचारी तलबबापत १ खर्ब ७ अर्ब ३५ करोड ५ लाख खर्च हुनेछ । देशभर दरबन्दी, अस्थायी, राहत, करार, निजीस्रोत, बालविकास गरी करिब ३ लाख शिक्षक कार्यरत छन् । यिनै ३ लाख शिक्षकलाई तालिम सञ्चालन गर्न १५ करोड रुपियाँ छुट्याइएको छ तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संस्थागत विद्यालयको तुलनामा निकै कम देखिन्छ । तलब मात्रै खाने कि गुणस्तरमा पनि ध्यान दिने भन्ने विषय जल्दोबल्दो रूपमा आउन थालेको छ ।

शिक्षकको निवृत्तिभरण रकम संघीय सरकारले व्यवस्थापन गर्ने गरेको छ । निवृत्तिभरण सुविधाबापत १८ अर्ब ६६ करोड ७ लाख रुपियाँ खर्च खर्च हुनेछ । स्थानीय तहमा विनियोजित तलबमध्ये विद्यार्थी प्रोत्साहन शीर्षकमा १५ अर्ब १७ करोड १८ लाख रुपियाँ विनियोजन गरिएको छ । स्थानीय तहमा विनियोजित बजेटको ११ दशमलव १७ प्रतिशत रकम विद्यार्थी प्रोत्साहन शीर्षकमा खर्च हुन्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।