फ्राईडे रिलिज : अनुराग सहित हलमा तिन फिल्म

(असोज १२, काठमाडौं) । फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि  तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

कथा काठमाण्डू
यो फिल्मले  घरेलु हिंसाको कथा बोल्छ  । संगीता श्रेष्ठ निर्देशित यस फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।

छिरिङ्ग
यो फिल्मले बहुपतिप्रथा र मस्तिष्क प्रत्यारोपणको कथा वाचन गरेको छ । ‘छिरिङ्ग’ लाई गायक तथा नायक यश कुमारले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशित फिल्म हो । उनका अलावा गायक तथा अभिनेता निमा रुम्बाको पनि फिल्ममा अभिनय छ । यी दुई अभिनेताको अपोजिटमा अभिनत्री कामना भुजेल छिन् ।

अनुराग
यो फिल्म एक म्यूजिकल लभस्टोरी फिल्म हो ।  पत्रकार ऋषि धमलाले निर्माण गरेको ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । उनको यो डेब्यु फिल्म हो । सत्यराज चौलागाईँ निर्देशित फिल्ममा समुन्द्र पण्डितको पनि लिड रोल छ ।

नेपाली तीन फिल्मसँग बलिउडको प्रतिक्षीत फिल्म ‘सुई धागा’ ले एकाध सिंगल पर्दासँगै अधिकांश मल्टिप्लेक्स स्कृनमा आफ्नो कब्जा जमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया

काठमाडौँ, २५ भदौ । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।   स्पीन बलर चम्किएपछि मलेसियामा जारी

काठमाडौँ, २३ भदौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले

काठमाडौँ, १८ भदौ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । आज नेपालले