क्यानडामा यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु

एजेन्सी, १ असार । क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

क्यान्बेरी भन्ने स्थानको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । तर, घाइतेहरुको अवस्था निकै गम्भीर भएकाले हताहती बढी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरु ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरु भएको जनाइएको छ ।

कम्तिमा दश जना यात्रु र दुई जना चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate