अस्ट्रेलियामा बस दुर्घटनामा १० जनाको मृत्यु

एजेन्सी, २९ जेठ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइते ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो । 

समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको छ । घाइतेहरुको नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे

काठमाडौँ, ९ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी