पाकिस्तानमा भारी वर्षाका कारण २५ जनाको मृत्यु

एजेन्सी, २८ जेठ । भारी वर्षाले पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षा र असिनाले क्षति पुर्‍याएको वरिष्ठ उद्धार अधिकारी खातीर अहमदले जानकारी दिए । रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् । “अधिकारीहरूले घाइतेहरूलाई आपतकालीन राहत उपलब्ध गराउन काम गरिरहेका थिए,” अहमदले भने ।

गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले शनिबार आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

यसैबीच, अरब सागरबाट चक्रवात बिपरजोय नजिक आइपुगेपछि सरिफले अधिकारीहरूलाई आपतकालीन उपायहरू राख्न आदेश दिए । अल्जजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई