सनी देओलको फिल्म मुस्ताङमा खिचिने

काठमाडौँ, २६ जेठ । बलिउड अभिनेता सनी देओलको आगामी फिल्मको छायांकन नेपालको मुस्ताङमा हुने भएको छ ।

मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्रमा लोकेसन खोजी गरेर उक्त फिल्मको टोली शुक्रबार भारत फर्किएको छ । बलिउडको नाम चलेको ब्यानरबाट निर्माण गर्ने बताइएको यो फिल्मको बजेट सय करोड भारु बताइएको छ ।

फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङमै हुने र नोभेम्बरदेखि छायांकन गर्ने तयारी छ । फिल्मको नेपाल व्यवस्थापनमा सक्रिय थ्री ह्विलर्स कम्पनीका अनुसार अन्तिम चरणको ‘लोकेसन रेकी’को लागि २० जनाको टोली पुनः जुलाई पहिलो साता नेपाल आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा