ट्रम्पमाथि गोप्य कागजातको मुद्दामा सात अभियोग

काठमाडौँ, २६ जेठ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउस छाडेपछि गोप्य कागजातको व्यवस्थापनका विषयमा विभिन्न अभियोग लगाइएको छ । ७६ वर्षीय ट्रम्पमाथि अनधिकृत रूपमा अमेरिकी सरकारका गोप्य फाइलहरू राख्नेलगायत सात अभियोग लगाइएको बताइएको छ । तर, यी अभियोग सार्वजनिक गरिएको छैन ।

ट्रम्पमाथि लगाइएको यो दोस्रो अभियोग हो । पूर्वराष्ट्रपतिमाथि लगाइएको पहिलो संघीय अभियोग पनि हो । केही महिनाअघि सरकारी अधिकारीले छापा मार्दा ट्रम्पको निजी निवास मार ए लागोमा केही गोप्य कागजातहरू फेलापरेका थिए । सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्दै ट्रम्प ह्वाइट हाउस फर्कने प्रयासमा छन् । कानुनविज्ञले अभियोग लाग्दैमा ट्रम्प राष्ट्रपतिको चुनाव लड्न असक्षम नहुने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटर्फम ट्रुथ सोसलमा बिहीबार ट्रम्पले पोस्ट गर्दै आफू निर्दोष रहेको र फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा मंगलबार दिउँसो हाजिर हुन बोलाइएको बताएका छन् । ट्रम्पलाई त्यहाँ गिरफ्तार गरी उनीविरुद्धका आरोपमाथि सुनुवाइ गरिनेछ । “अमेरिकाका पूर्वराष्ट्रपतिमाथि यस्तो घटना हुनसक्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ,” ट्रम्पले लेखेका छन्, “यो वास्तवमा संयुक्त राज्य अमेरिकाको लागि कालो दिन हो । हामी गम्भीर र द्रुत पतनमा रहेको देश हौँ । तर, हामी मिलेर अमेरिकालाई फेरि महान् बनाउनेछौँ ।”

ट्रम्पका वकिल जिम ट्रस्टीले मंगलबार अदालतमा बोलाइएको कागजपत्रमा आरोपहरू पनि समावेश गरिएको बताएका छन् । षड्यन्त्र, झुटो बयान, न्यायमा बाधा पु¥याउने र जासुसी ऐनअन्तर्गत गैरकानुनी रूपमा गोप्य कागजातहरू राखेको जस्ता आरोपहरू रहेको उनले बताएका छन् । अमेरिकी गोप्य सेवाले ट्रम्पका कर्मचारी र उनका सुरक्षा अधिकारीलाई भेटेर मियामी अदालतको यात्राको योजना बनाउने बताइएको छ ।

ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउने प्रयासमा समेत मुद्दा लगाइएको थियो । गएको अप्रिलमा एक पोर्नस्टारलाई जानकारी नचुहाउन रकम भुक्तानी गरेको विषयमा समेत ट्रम्पमाथि ३४ आरोप लगाइएको छ । यो मुद्दामा आउँदो वर्ष न्युयोर्कमा सुनुवाई हुने भएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका