‘अखण्ड भारत’ को नक्सा राजनीतिक विषय होइन : भारतीय विदेशमन्त्री जयशंकर

एजेन्सी, २६ जेठ । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साको विषय राजनीतिक विषय नभएको बताएका छ । 

उनले बिहीबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताए । 

नक्साका सम्बन्धमा यसअघि आफ्नो मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको बताउँदै विदेशमन्त्री जयशङ्करले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत उल्लेख गरे । 

उनले छिमेकी देशहरूलाई स्पष्टीकरण चाहियो भने त्यो ठूलो कुरा नभएको पनि धारणा व्यक्त गरे । भारतमा जेठ १४ गते आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय