मेसीमाथिको निलम्बन फुकुवा

काठमाडौँ, २५ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी लियोनल मेसीमाथिको निलम्बन फुकुवा गरेको छ ।

पीएसजीले क्लबसँग स्वीकृति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै गत बुधबार यी अर्जेन्टिनी स्टारलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

त्यसपछि मेसीले गत शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो गल्तीका लागि पीएसजीसँग माफी मागेका थिए । मेसीले आफू क्लबको स्वीकृति बिना साउदी गएको स्वीकार गरेका थिए ।

मेसीले माफी मागेपछि पीएसजीले उनको निलम्बन फुकुवा गरेको हो । मेसी क्लबको नियमित प्रशिक्षणमा पनि फर्किएका छन् । पीएसजीले मेसी प्रशिक्षणमा फर्किएको जनाउँदै सोमबार एक तस्बिर पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि