(असोज ६, काठमाडौँ) । बलिउड र्यापर बादशाह आदित्य प्रतिक सिंह सिसोडिया काठमाडौं आइपुगेका छन् ।
टिभीएस मोटर्स इन्डिया र जगदम्बा मोर्टर नेपालको सहकार्यमा आयोजित १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्टका लागि काठमाडौं आएका हुन् । उक्त कन्सर्ट आज शनिबार हुँदैछ, सो कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । फेस्टिबलमा खानाका स्टलहरुका साथै किड्स जोन पनि रहनेछ ।
कार्यक्रममा टिभिएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहलाई भेट्न पाउनेछन् । एकजना भाग्यशाली दर्शकलाई बम्पर उपहारस्वरुप टिभिएसको एनटर्क स्कूटर प्रखान गरिने बताइएको छ ।





