काठमाडौं, ११ बैशाख । आइतबार राति भएको वर्षाका कारण मैदान ओसिलो भएपछि एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबियाबीचको खेल निर्धारित समयमा सुरु नहुने भएको छ ।
मुलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुने तालिका रहे पनि गएराति भएको वर्षाका कारण मैदान ओसिलो भएपछि खेलको टससमेत हुन सकेको छैन ।
आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका रहेको हङकङ र बहराइनबीचको पनि खेलको टस पनि सुरु हुन सकेको छैन । यो खेल पनि बिहान ९ बजेदेखि नै सुरु हुने तालिका थियो ।





