अक्षय कुमारद्वारा एसिड आक्रमणमा बाँचेकी युवतीलार्इ सहयाेग

(असोज ५, एजेंसी) ।  बलिउड अभिनेता अक्षय कुमारले एसिड आक्रमणमा बाँच्न सफल भएकी एक युवतीलाई आर्थिक सहयोग गरेका

एसिड आक्रमणमा बाँच्न सफल लक्ष्मी अग्रवाल स्वयमले अक्षयले आफूलाई आर्थिक सहयोग गरेको कुरा सार्वजनिक गरेकी छिन् ।

उनले भनेकी छिन् ‘एक वर्षदेखि मसँग कुनै पनि काम थिएन । यो कुरा अक्षयले थाहा पाउनेबित्तिकै मलाई पाँच लाख रुपैयाँ पठाइदिनु भयो, उनले अगाडि भनिन् ‘यस कुराले म निकै खुशी भएकी छु । मलाई म र मेरी छोरी अब एक्लो नरहेको महशुश भइरहेको छ ।’

यस विषयमा अभिनेता अक्षय कुमारले भने,‘मलाई यस विषयमा कुरा गर्न लाज लागिरहेको छ । मैले एसिड आक्रमणमा बाँच्न सफल लक्ष्मीलाई सानो सहयोग गरेको हुँ । जसबाट लक्ष्मी आफ्नो घरको भाडा, उनकी छोरीको रेखदेख र खानपानको चिन्ता नलिएर आफ्नो लागि राम्रो नोकरी खोज्न सकुन ।  हामी सबैले यो बुझ्न जरुरी छ की मेडल, अवार्ड र सर्टिफिकेटले पेट पाल्न र घर चलाउनमा सहयोग गर्दैनन् । यदि हामीले कसैलाई सहयोग गर्नुछ भने त्यो व्यवहारिक हुनु जरुरी छ ।’

अक्षयले गरेको सहयोगका कारण लक्ष्मी खुशी त भइन् नै, साथमा अक्षयको पनि चौतर्फी प्रशंशा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान