(असोज ५, काठमाडौं) । गायक ज्ञान सुब्बाको ‘फूल टिप्दा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक सुब्बाको स्वरमा यसअघि बहार तिमी, यति धेरै माया नदेउ, झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आएका थिए । गीतमा हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत रहेको छ ।
मीन विष्टको मिक्सिङ रहेको गीतको म्युजिक भिडियोलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा रेखा लिम्बु र अनिश मगर को अभिनय रहेको छ ।
सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका हुन् ।






