पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ डब्लुडब्लुबिए विजयी

काठमाडौँ, २९ चैत । इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को प्रथम उपाधि पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्। नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनाद्वारा आयोजित बास्केटवल टुर्नामेन्ट प्रतियोगिताको अन्तिम चरणमा आर्मीले जावलाखेल व्ह्ीलचियर स्पोर्टस् क्लबलाई ४४–३३ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीको जितमा दान थिङ्गको २२ अङ्कको योगदान रह्यो। यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । तेश्रो स्थानमा बोधिसत्व इन एक्सनका बुद्धिसरा राई रह्यो । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधि जित्यो।

डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अङ्कको योगदानमा फाईनलमा आयोजकलाई १९–२ अङ्कको अन्तरले पराजित गरेको हो। रजनी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित हुनुभयो । तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो। शीर्ष तीन टिमले क्रमश नगद ४० हजार रूपियाँ ३० हजार रूपियाँ र २५ हजार रूपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। भने मोष्ट भ्यालुएवल खेलाडी शीर्षकमा खेलाडीहरूलाई जनही २५ सय रूपियाँ प्रदान गरिएको थियो ।

जाउलाखेल ह्विलचेयर बास्केटवल, बोधिसत्य, इनयाक्सन एसोसियसन, त्रिभुवन आर्मि क्लव, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घको टिम,स्पोर्ट क्लव व्वाइज टिमलगायत नौवटा समुहबीच बास्केटवल प्रतियोगिता भएको थियो । स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घका अध्यक्ष देवी आचार्यले स्पाइनल कर्ड इन्जुरी भएका बास्केटवल खेलाडीको प्रोत्साहनका लागि पहिलोपटक इन्टरभ्याली बास्केटबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।