काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, अन्तिम समयमा सन्दीपकै तर्फबाट पेसी स्थगित गरिएको हो ।’फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो ।





