(असोज ३, काठमाडौँ) । चर्चित मंगोलियन हर्टका गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको यूगल स्वर रहेको ‘सरसर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एसआरएस इन्टरटेडमेन्ट र पिएम ज्ञाङ्गमी मगरको सँयूक्त प्रस्तुतिमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा डि.पी. खनालको शब्द, धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।
सुरेन्द्र वसेलको कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोमा मोडेल गम्भीर विष्ट, एलिशा राईको मुख्य अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=rYq-e0Rtzkw&feature=youtu.be






