अध्ययन अनुमतिपत्र लिने दोब्बर

काठमाडौँ, ४ चैत । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको संख्या सात हजार ६१८ थियो ।

शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको संख्या बढेको हुन सक्ने बताउनुभयो । माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रूपैयाँ राजस्व आर्जन भएको थियो ।

फागुनमा अस्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले एनओसी लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित