यूएईले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौँ, २ चैत । आसिफ खानको विस्फोटक ब्याटिङप्रेरित युनाइटेड अरब इमिरेट्स (यूएई)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालविरुद्ध ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आसिफले ४१ बलमा शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो । यूएईका सातौँ नम्बरमा ब्याटिङका लागि आएका आसिफले १०१ रन बनाए । उनले ४१ बलमा चार चौका र ११ छक्का प्रहार गरे ।

ब्रित्या अरविन्दले ९४ रनको योगदान गरे । अरविन्द २०औँ ओभरमा १९ रन बनाएर खेलिरहँदा क्याच आउट हुनबाट जोगिएका थिए । ललित राजवंशीले गरेको उक्त ओभरको चौथो बलमा कुशल भुर्तेलले अरविन्दको क्याच छुटाएका थिए । अरविन्द १३४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । मुहम्मद वसिमले ६३ रन बनाए । वसिमले ४९ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । अविरन्दले दोस्रो विकेटका लागि वसिमसँग ७९ रनको साझेदारी गरेका थिए । File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर