उपत्यकाका केही क्याम्पसमा मनोनयन बिथोलियो

काठमाडौँ, २८ फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने क्रममा उपत्यकाका आधा दर्जन क्याम्पसमा मनोनयन गर्ने क्रममा नाराबाजी भएका छन् । उपत्यकामा त्रिभुवन विश्वविद्यालयका २२ आंगिक क्याम्पस छन् ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने क्रममा पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, रत्नराज्यलगायत केही क्याम्पसमा विद्यार्थी संगठनले निर्वाचन बिथोलेका थिए ।

दरबारमार्गको त्रिचन्द्र र कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि अवरोध सिर्जना भएपछि निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । दुवै क्याम्पस मनोनयनको दिन शनिबार पूर्ण रूपमा सुनसान थियो ।

सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ । आरआरमा मिलोमतोमा मतदाता थपघट गरेको भन्दै सरकारआबद्ध विद्यार्थी संघ संगठनले मनोनयनमा अवरोध गरेका थिए । अनोस्ववियुका एक विद्यार्थीले क्याम्पस परिसरमै खुकुरी आतंक मच्चाएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो । पाटन क्याम्पसमा नेविसंघका दुई गुटबीचको झडपको कारण समस्या देखिएको छ । पछिल्लो जानकारीअनुसार मनोनयन रोकिएका केही क्याम्पसमा मनोनयनका लागि वार्ता भैरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा

काठमाडौँ, २१ भदौ । मकवानपुरक हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन । विशेष सूचनाका

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । रौतहटको कटहरिया बजारमा चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा