विद्यालय भवन निर्माणमा ठेकेदारको चरम लापर्बाही

दार्चुला, २६ फागुन । जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माध्यामिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापर्बाहीका कारण भवन निर्माण अलपत्र परेको हो ।

नेपाल सरकारको संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रमअन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा १ करोड ४५ लाख रुपैयाँ आएको थियो ।

भवन निर्माणका लागि टेन्डर आह्वान गरी २०७८ सालमा उषा निर्माण सेवा प्रा.लि. शैल्यशिखर नगरपालिका-१ बलाँच दार्चुलाका सञ्चालक लालीराम विश्वकर्मा (अवसेक) ले १ करोड ४५ लाख रुपैयाँ लागतमा ९ कोठे भवन निर्माण काम ७६ प्रतिशत विलो हाली ७९ लाख ४२ हजारमा भवन निर्माण गर्ने भनी जिम्मा लिएका थिए ।

निर्माण कम्पनी र विद्यालयबीच भएको सम्झौताअनुसार ठेकेदारले समयमै काम नगर्दा भवन निर्माण कार्यमा ढिलाइ भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा

काठमाडौँ, २१ भदौ । मकवानपुरक हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन । विशेष सूचनाका

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । रौतहटको कटहरिया बजारमा चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा