(भदौ ३१, काठमाडौं) । गायिका कविता शिवाकोटीको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।
गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतमा नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ रहेको छ । नवराज उप्रेतिको छायाँकन रहेको म्यूजिक भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।
तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताएकी छिन।
भिडियो






