चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

काठमाडौँ, १० फागुन । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो ।

केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको बताए । उनले भने, ‘दैनिक करिब १ लाख ५० हजार थान पुस्तक तयारी भइरहेको छ । त्यसले गर्दा आगामी शैक्षिक सत्रमा पुस्तक अभाव हुँदैन ।’ उनका अनुसार कक्षा ६ देखि १० को १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने दायित्वअनुसार हालसम्म ९५ लाख थान पाठ्यपुस्तक छपाइ सकिएको बताए ।

केन्द्रले दिएको जानकारीअनुसार ८८ लाख थान तयारी भइसकेको छ । ७ लाख थान तयारीको क्रममा रहेको जनाएको छ । यही आधारलाई विश्लेषण गर्दा वैशाखको पहिलो साता विद्यार्थी भर्नासँगै सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने प्रवक्ता आचार्यको भनाइ छ ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित