काठमाडौँ, ९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका टोमस म्याकिन्टोसलाई २२ औँ ओभरको चोथो बलमा १ रनमै क्याच आउट गराए । यसअघि नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका थिए ।
यसअघि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका थिए । जर्ज मुन्जीलाई १३ ओभर ५ बलमा बोल्ड आउट गराएका हुन् । सन्दीपले १४औँ ओभरको अन्तिम बलमा रिची ब्रिनटनलाई एलबीडब्लू आउट गराएका थिए ।
यसअघि सन्दीपले ७ ओभर ५ औँ बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् ।







