काठमाडौँ, ६ फागुन । नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् ।
उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । खेलमा उनले कुल ७४ बलमा ६५ रन जोडेर आउट भए । उनले ५ चौका र ३ छक्का हाने । उनले र आशिफ शेखले दोस्रो विकेटका लागि १४८ रनको साझेदारी गरेका छन् ।
जारी म्याचमा नेपाललाई नामिबियालाई महत्वपूर्ण २७५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो ।







