अमेरिकामा ‘फ्लोरेन्स’ आँधी : भारी वर्षसँगै सामुन्द्रिक छाल आउने

(भदौ २९, एजेन्सी) । अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै आइरहेको समुन्द्री आँधी ‘फ्लोरेन्स’का कारण भारी वर्षाको साथमा सामुन्द्रिक छाल आउनसक्ने बताइएको छ ।

फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका इलाकामा बाढी आउन सक्ने र धेरै संख्यामा मानिसको ज्यान जान सक्ने अधिकारीहरुले बताएका छन् ।

फ्लोरेन्स आँधी एक सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बताइएको छ । लोंगका अनुसार भर्जिनिया र क्यारोलाइनमा केही फुटसम्म पानी जम्न सकिने बताउनुभएको छ ।

मौसम वैज्ञानिकले फ्लोरेन्स स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा देखिने बताएका छन् । उनीहरुले यो समयसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ ।

उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइन र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ । त्यस्तै १४ सयभन्दा बढी उडान रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर