काठमाडौँ, २ फागुन । ६ महिनापछि राष्ट्रिय टिममा फर्किएका नेपाली टिमका स्पिनर सन्दीप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलका लागि पहिलो रोजाइमा परेका सन्दीप ११औँ ओभरमा बलिङका लागि आएका थिए । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै नामिबियाका कार्ल बिर्केनस्टोकलाई बोल्ड गरे ।
टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले १४ ओभरको समाप्तीसम्म दुई विकेट गुमाएर ५१ रन जोडेको छ । शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।






