क्यानद्वारा सन्दीपमाथिकाे निलम्बन फुकुवा

काठमाडौँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले जनाएको छ । निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे स्पष्ट भइसकेको छैन ।

क्यानको हिजोको बैठकमा ७ जना सदस्यले कार्यसम्पादन समितिको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका छन् । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरुषतर्फ उपसभापति पदका

भक्तपुर, १२ असार । दुई दशकदेखि भक्तपुरको सल्लाघारीमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई काठमाडौंको कोटेश्वर सार्ने तयारी भएपछि स्थानीय