पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मोर्चाबन्दी

काठमाडौँ, १८ माघ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् ।

पार्टीको निर्णय प्रक्रियामा सभापति, पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समितिलाई भूमिकाविहीन बनाएको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नै मोर्चाबन्दीमा उत्रिएका हुन् । विगत सात महिनादेखि पटकपटक सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालीन बनेको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा ठोस निर्णय लिन नसकेको कांग्रेस नेतृत्वप्रति केन्द्रीय समितिकै नेताहरू सन्तुष्ट छैनन् ।

सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका कारण चुनावी तालमेल गरेको पाँच दलीय गठबन्धन उहाँकै कारण भत्किएको र पार्टीले राज्यशक्तिका सबै निकाय गुमाउन पुगेको भन्दै संस्थापनइतर समूहले नेतृत्वको आलोचना गरिरहेको छ । यही अवस्थामा मंगलबार संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूको छुट्टै भेला गरेर देउवालाई दबाब बढाएका छन् । सभापति देउवा पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले दोस्रोपटक अलग्गै भेला गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष