जसपा निकट विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ, १५ माघ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।

शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । संगठनले स्वतन्त्र विद्यार्थी यनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको छ ।

“हाम्रो संगठन र त्रिविबीचमा भएको सहमति अनुसार पूर्ण समानपातिक निर्वाचन प्रणाली मार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनुभएका प्रधानमन्त्री समक्ष ध्यानाकर्षण सहित जोडदार माग गर्दछौं,” पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र

हेटौंडा, ८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा

काठमाडौँ, ७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोली १ बजे बस्ने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ