काठमाडौँ, १४ माघ । बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो ।
यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।
फिल्म एक्सन फ्लेभरको भए पनि दीपिका र शाहरुखको प्रेमले दर्शकलाई मोहित बनाएको छ ।





