तलब माग्न नगरपालिकामै पुगे शिक्षक

कैलाली, ७ माघ । गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन। चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्। शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरू आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे।उनीहरूले नगरपालिकाअगाडि कालो ब्यानर बोकेर नाराबाजी गर्दै आफूहरूलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा शुक्रबार दिउँसो नगरपालिकाको कार्यालयअगाडि आएर धर्ना दिँदै विरोध गरेका छन्।विरोध कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको विषय नगर प्रमुखलाई राख्न खोज्दा भेट्नसमेत नपाएको बताए।

‘हामीले किन तलब पाएनौं भन्दा नगर प्रमुखले हाम्रा कुरा सुन्नु भएन। नगर प्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुलापत्र लेखेका थियौं, तर पनि हाम्रो सुनुवाइ भएन। त्यसैले आज हामी पुनः नगरपालिकालाई झक्झकाउन यहीं आइपुगेका छौं ।’ यसअघि हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित