गोदावरी नगरपालिकाद्धारा २६ जना स्वयम् सेवक शिक्षकसँग सम्झौता

ललितपुर, ४ माघ । गोदवारी नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न २६ जना स्वयम्सेवक शिक्षक नियुक्त गर्नका लागि सम्झौता गरेको छ । नगरपालिकाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी स्वयम्सेवक शिक्षकसँग सम्झौता गरेको हो । बुधबार नगरपालिका प्रमुख गजेन्द्र महर्जनले स्वयमसेवक शिक्षकलाई सम्झौता पत्र प्रदान गर्नुभयो ।

स्नातक र स्नाकोत्तर गरेका शिक्षित बेरोजगार युवालाई सामुदायिक विद्यालयहरुमा निश्चित पारिश्रमिकसहित स्वयम्सेवक शिक्षकको रुपमा नगरपालिकाले काम लगाउन लागेको हो । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा ५० जना स्वयम्सेवक शिक्षकलाई स्वयम्सेवकको रुपमा काम गर्ने व्यवस्था गर्ने नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो । नगरपालिकाको नगरसभाको नीति कार्यान्वयन गर्नका लागि करारमा शिक्षक नियुक्त गरेको महर्जनले बताउनुभयो । नगर प्रमुख महर्जनले नगरपालिकाको समग्र शैशिक गुणस्तर कायम गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्षदेखि स्वयम्सेवक शिक्षकको नीति ल्याएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो “नगरपालिकाले शुरू गरेको स्वयम् सेवक शिक्षकले नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।” नगरपालिकामा कुल सामुदायिक विद्यालय ४६ वटा रहेकोमा १७ वटा माध्यामिक विद्यालय रहेका छन् ।

यस वर्षभित्रै नगर शिक्षा ऐन, नियमावी, कार्यविधि मापदण्ड तथा शिक्षासँग सम्बन्धी अन्य कानुनहरु गरी निर्माण शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्ने योजना नगपालिकाले बनाएको छ । त्यस्तै सामुदायिक तथा संस्थगत विद्यालयको शैशिक्षक गुणस्तर सुधार गर्न उच्च स्तरीय अनुगमन समिति गठन गरी अनुमन कार्यलाई प्राथमिकता दिने, नगरपालिका स्तरीय र सबै वडामा पुस्तकालय निर्माण नीति नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा