जम्मा २ जना मान्छे बस्ने सहर

(भदौ २२, एजेन्सी) । अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा जम्मा २ जना मान्छे बस्ने सहर रहेको  छ ।

 यो सहरको जनसंख्या जम्मा २ जना मात्र रहेको छ । तर, पछिल्लो समयमा आशा पलाएको छ । किनकी सहरको जनसंख्या दोब्बरले बढेर ४ पुग्ने अपेक्षा गरिएको छ ।

रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलार्इमा निधन भएको थियो । उनको निधन भएसँगै उक्त सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । उक्त सहरको नागरिकता प्राप्त गर्नका लागि योग्य एकजना अर्का व्यक्ति फेला परेका छन् ।

ग्रेग स्कमाल्ज नामका व्यक्तिसँग रुसो सहरको पोष्ट बक्स नम्बर रहनुका साथै कुखुरा र घोडा फार्म हेर्नका लागि हरेक दिन सहरमा आउने गर्दछन् । त्यसैले उनलाई सहरको नागरिकता प्रदान गरी मेयर बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी