कागजमा कमिसन: गुणस्तरहीन भएकाले फिर्ता

काठमाडौँ, ३० पौष । जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि गुणस्तरहीन भनी फिर्ता पठाएको कागज बुधबार केन्द्रमै भित्रियो । फिर्ता पठाइएका गुणस्तरहीन कागजसहितका कन्टेनर फर्केर केन्द्रमै आएपछि कर्मचारी चकित बनेका छन् ।

ललितपुरस्थित नेपाहेमा ट्रेडलिंकले ल्याएको १ सय ६४ टन कागज केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता पठाएको थियो । केन्द्रले सो कागज आगामी शैक्षिक सत्रलाई विद्यालय तहका पाठ्यपुस्तक छपाउन मगाएको थियो ।

टेन्डरमा खरिद गरिएको कागज प्रिन्टिङ मेसिनमा हाल्नै नमिलेपछि फिर्ता पठाइएको प्रेसकै कर्मचारीले नागरिकलाई बताए । तर, फिर्ता पठाइएको गुणस्तरहीन कागजसहितका कन्टेनर भारततर्फ नगई तीन दिनपछि पुनः केन्द्रमै भित्रिँदा आफूहरू आश्चर्यचकित परेको कर्मचारी बताउँछन् । फिर्ता पठाएको तीन दिनपछि अर्थात् पुस २७ गते सार्वजनिक बिदाका दिन कन्टेनर कागजसहित केन्द्रमा भित्रिएका थिए ।

‘गुणस्तर तथा नापतौल विभागले परीक्षण गरी गुणस्तरहीन प्रमाणित गरेको कागज बोकेका कन्टेनर भारततर्फ जानुपर्ने थियो,’ एक कर्मचारीले भने, ‘हामी त्यतिखेर अचम्मित बन्यौं जब ती चारवटा कन्टेनर तीन दिनपछि केन्द्रमा भित्रिए ।’ केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता गरेको कागज तीन दिनपछि केन्द्रमै भित्रिनुमा पदाधिकारीको मिलेमतो रहेको स्रोतले बतायो । केही अधिकारकर्मीले प्रहरी तथा अख्तियारमा उजुरी दिएपछि प्रहरीको टोली केन्द्रमा पुगेर चारवटै कन्टेनरलाई नियन्त्रणमा लिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार