(भदौ २०, काठमाडौँ) हाँस्य कलाकार तथा निर्माता जितु नेपाललाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘प्रवल जन सेवा श्री’ मानपदवी प्रदान गरिएको छ ।
राष्ट्रपति कार्यलय शित्तल निवासमा आयोजना भएको कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र पवर्द्धनमा योगदान पुर्याएको भन्दै कलाकार नेपाललाई नेपाल सरकारले सम्मानित गरेको हो ।




